होटल व्यवसायी संघमा नयाँ कार्यसमिति

काठमाडौं, २१ साउन । मझौला होटल तथा गेष्टहाउस व्यवसायीहरुको छाता संस्था नेपाली होटल व्यवसायी संघको साधारणसभाले शेरबहादुर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
थापाले तनहुँ–थापा गेष्टहाउस सञ्चालन गर्दै आएका छन् । राजधानीमा आइतबार सम्पन्न साधारणसभाले वरिष्ठ उपाध्यक्षमा अमर दाहाल, उपाध्यक्ष दीपेन सुवेदी, महासचिवमा डीबी राई, सचिव वीरबहादुर ओली, कोषाध्यक्षमा होमबहादुर थापा र सह–कोषाध्यक्षमा जितेन्द्र गिरीलाई चयन गरेको छ ।
सदस्यहरुमा मोहन कुमार गुरुङ, राजकुमार श्रेष्ठ, राजेशकुमार साह, माया गुरुङ, मधु आचार्यलगायत चुनिएका छन् ।

प्रतिक्रिया