ट्यापे, मुन्द्रे र चुल्ठेलाई भगाउने अभियान

kailaliधनगढी, १९ साउन । जिल्लामा ट्यापे, मुन्द्रे तथा चुल्ठेका कारण शान्ति सुरक्षा कायम गर्न प्रतिकुल असर परेको भन्दै नियन्त्रण गर्न कैलाली प्रहरीले विशेष अभियान सञ्चालन गर्ने भएको छ ।
ट्यापे, मुन्द्रे तथा चुल्ठे नियन्त्रण गर्न नसकेको भन्दै ब्यापक आलोचना हुन थालेपछि जिल्ला प्रहरी कार्यालय कैलालीले अभियान संचालन गर्न लागेको हो ।
एकसाता अघि कैलालीमा सरुवा भएर आएका कैलाली प्रहरी प्रमुख एसपी मोहनराज जोशीले आफ्नो पहिलो प्राथमिकता शान्ति सुरक्षा कायम गरी जिल्लावासीलाई भयमुक्त बनाउने बताए ।
जिल्लावासीले तीन महिनाभित्र शान्ति सुरक्षाको प्रत्याभूति पाइसक्ने प्रहरी प्रमुख जोशीले दावी गरे ।

प्रतिक्रिया