सुर्खेतमा बाघको मृत्यू

Tigerसुर्खेत, १७ साउन । बाघ गणनामा बृद्धि भएको दुई दिन वित्न नपाउँदै सुर्खेत जिल्लामा निगाले बाघ मृत्त अवस्थामा फेला परेको छ ।
लाटिकोईली–१, ठूलो व्युरेलीस्थित छिन्चु सुर्खेत सडक खण्डमा आज (बिहीबार) बिहान साढ ८ बजे मृत्त बाघ फेला परेको प्रहरीले जनाएको छ ।
निगाले बाघलाई नम्वर खुल्न नसकेको सवारी साधनले ठक्कर दिँदा मृत्यू भएको प्रहरीले जनाएको छ ।
मृत्त बाघ प्रहरीले जिल्ला बन कार्यालयमा बुझाएको छ । फरार सवारी साधनको प्रहरीले खोजतलास गरिरहेको जनाएको छ ।

प्रतिक्रिया