बेपत्ता हुनेहरुको शव अझै फेला परेन

दोलखा, १७ साउन । दोलखाको मार्वु गाविसको नाजिङटारमा गत सातागएको पहिरोमा पुरिएर बेपत्ता भएका एकैपरिवारका ५ जना मध्ये चारजनाको शव अहिले सम्म फेलापार्न सकिएको छैन् ।
स्थानीय प्रशासनले पहिरो भएको स्थानमा रहेको ठूलो ढुङ्गालाई विष्फोट गराएर शव खोज्ने तयारी गरेको छ । साउन सात गते राति पहिरोमा परी बेपत्ता भएकाको खोजविन गर्न भएका बारम्बारका प्रयास विफल हुँदै आएका छन् ।
पहिरोले पाले थामीको घर बगाउँदा उनकी श्रीमती, छोरी, नाती र नातिना गरी ५ जना बेपत्ता भएका थिए ।
प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेलले पहिरो रहेको स्थानमा ठूलो ढुङ्गा रहेका कारण जोखिम भएकाले उद्दारमा कठिनाई भएको बताए ।

प्रतिक्रिया