मकवानपुरमा पनि थुनुवा फरार

karagarमकवानपुर, १४ साउन । कास्की कारागारबाट थुनुवा फरार भएको घटना सेलाउन नपाउँदै मकवानपुर जिल्लामा पनि एकजना थुनुवा फरार भएका छन् ।
प्रहरी हिरासत कक्षमा रहेका टिस्टुङ–४ घर भएका २१ बर्षीय सुदर्शन तामाङ आइतबार राति आठ बजे शौचालयको भेन्टीलेसनबाट फरार भएको प्रहरीले जनाएको छ । फरार तामाङको प्रहरीले खोजतलास शुरु गरी सकेको छ ।
साउन–१२ गते २ सय ५० ग्राम लागू औषध चरेशसहित पक्राउ परेका तामाङ इलाका प्रहरी कार्यालय पालुङको हिरासतमा रहेका थिए । शौचालय गएका तामाङ भेन्टीलेसनबाट फरार भएका हुन् ।

प्रतिक्रिया