नेता नेपाल स्वदेश फिर्ता

Madhav Nepalकाठमाडौं, १३ साउन । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल भारत भ्रमण सकेर स्वदेश फिर्ता भएका छन् ।
नेता नेपाल आज (आइतबार) स्वदेश फिर्ता भएका हुन् । आफ्नो भारत भ्रमण सकारात्मक र सफल रहेको जनाएका उनले संविधानसभा निर्वाचन तोकिएकै समयमा हुनुपर्ने बताए ।
भारतले नेपालमा राजनीतिक, आर्थिकलगायतका स्थायित्व खोजेको भन्दै नेता नेपालले सबै मिलेर निर्वाचनमा जानुपर्ने बताए ।
नेता नेपालसँग एमालेका महासचिव ईश्वर पोखरेल, विदेश विभाग सदस्य राजन भट्टराई नयाँ दिल्ली गएका थिए । (तस्विर विष्णु रिजाल)

प्रतिक्रिया