गुण्डा छुटाउन गरिएको बन्द फिर्ता

Dinesh-Adhikari-'Chari'काठमाडौं, १३ साउन । अपराधिक गतिविधीमा संलग्न रहेको आरोपमा पक्राउ परेका एमालेका जिल्ला नेता दिनेश अधिकारी उर्फ चरीलाई छुटाउन गरिएको धादिङ बन्द फिर्ता भएको छ ।
बन्द फिर्ता भए पछि पृथ्वी राजमार्ग हुँदै चल्ने र आसपासका सहायक मार्गमा आवागमन सुचारु भएको काठमाडौं महानगरीय ट्रफिक प्रहरीले जनाएको छ । बन्द खुले पछि नागढुङगाबाट सवारी साधन उपत्यका बाहिर जान र भित्रन शुरु गरेका छन् ।
गुण्डानाइके भनेर चिनिने आपराधिक पृष्ठभूमिका एमाले निकट अधिकारीलाई प्रहरीले पक्राउ गरेको बिरोधमा धादिङ बन्द भएको हो । केही समयको बन्दका कारण सयौ सवारी साधन र हज्जारौं यात्रुले सास्ती बेहोर्नु परेको थियो ।
बन्दको चौतर्फी विरोध भए पछि एमालेले दवाव पछि बन्द फिर्ता लिएको हो ।
गुण्डागर्दीका मुद्दामा चरी भनिने अधिकारीलाई प्रहरीले पटक–पटक पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया