अन्धाधुन्ध गोली हानी छ जनाको हत्या

Americaअमेरिका । अमेरिकाको फ्लोरिडा राज्यमा एक ब्यक्तिले अन्धाधुन्ध गोली हानी छ जनाको हत्या गरेका छन् । फ्लोरिडा राज्यको हियालिया शहरको पाँच तले भवनमा रहेका ती ब्यक्तिले आफू बस्दै आएकै पाँचौ तलामा आगो लगाउनुका साथै छ जनालाई गोली हानेर हत्या गरेका हुन् ।

आगलागी पछि भागदौड मच्चिएकै बेला गोली हानेर पाँच जनाको हत्या गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पार्किङमा गाडी निकाल्ने क्रममा अर्का व्यक्तिलाई पनि गोली हानी हत्या गरिएको छ । भवनमा आगो लगाएर सोही भवनका दुई जनालाई कब्जामा लिइरहेकै बेला पुगेका प्रहरी कार्वाहीमा उनीपनि मारिएका छन् ।
गाडी कारखानामा काम गर्ने उक्त व्यक्तिको मानसिक स्थिति ठीक रहेको र यसअघि कुनै पनि आपराधिक क्रियाकलापमा संलग्न नभएको पारिवारको भनाइ छ । आठ बर्षदेखि आमासँग सोही भवनमा बस्दै आएका उनले गोली हानेको देखेपछि आमाले रोक्ने प्रयास गरेपनि सम्भव नभएको बताइएको छ ।

प्रतिक्रिया