निरौला माथि भएको आक्रमणको कांग्रेसद्वारा विरोध

Bhumiraj Niraulaकाठमाडौं, १२ साउन । कांग्रेसले चुरेभावर लोकतान्त्रिक पार्टीका अध्यक्ष भूमिराज निरौलालाई भएको आक्रमणप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
कांग्रेसले आज (शनिबार) विज्ञप्ति जारी नेकपा–माओवादीका कार्यकर्ताद्वारा भएको सांघातिक आक्रमणको विरोध जनाएको हो । आक्रमणमा संलग्न दोषीलाई पक्राउ गरेर कारबाही गर्न कांग्रेसले माग गरेको छ ।
अध्यक्ष निरौलालाई शुक्रबार विहान काठमाडौंको तिनकुनेमा नेकपा–माओवादीको जनस्वयं सेवकका कार्यकर्ताले आक्रमण गरेर सामाजिक कारबाही गरेको जनाएका थिए ।
लोकतन्त्रमा सबै नागरिकलाई विचार र अभिव्यक्ति स्वतन्त्रताको अधिकार रहने भन्दै कांग्रेसले आक्रमणलाई स्वतन्त्र र निर्भयताका साथ आफ्ना विचारहरु राख्न पाउने नागरिकको संविधानप्रदत अधिकारमाथिको प्रहारको रुपमा यस घटनालाई लिएको जनाएको छ ।

प्रतिक्रिया