बजेट कार्यान्वयन अघि बढेको छ : कोइराला

Shankar-Koiralaकाठमाडौं, १२ साउन । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले बजेट कार्यान्वयन प्रक्रियामा अघि बढिसकेको बताएका छन् ।
अर्थ मन्त्रालय र आर्थिक पत्रकार समाज (सेजन) ले आर्थिक पत्रकारहरुका लागि आज (शनिवार) राजधानीमा आयोजना गरेको एकदिने तालिममा मन्त्री कोइरालाले साउन दोस्रो हप्ताभित्र सवै योजना तथा आयोजना राष्ट्रिय योजना आयोगले स्वीकृत गरिसक्ने जानकारी दिए ।
बजेट, आर्थिक नीति र राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति बीचको तालमेल सुखद भएको बताउँदै कोइरालाले बजेट कार्यान्वयनको चुनौतिलाई सहज ढंगले सामना गर्दै जाने स्पष्ट पारे ।

प्रतिक्रिया