रंग‍-विविध

एउटै सेटको शुटका लागि २ करोडको खर्च

सौर्य अनलाइन २०७० साउन १३ गते ०:०० मा प्रकाशित

Zanjeer 2मुम्बई । बालीवुडमा निर्माणाधिन फिल्म ‘जन्जीर’ एक सीन शुटिङ गर्नका लागि निर्माण पक्षले दुई करोड भारतीय रुपियाँ खर्च गरेको छ । एउटा वस्तीको सेट लगाउन सो रकम खर्च भएको हो ।
अपूर्वा लखियाले आफ्नो फिल्म ‘जन्जीर’का लागि एउटा सीन कैद गर्न दुई करोड खर्च गरेको भारती सञ्चारमाध्यमहरुले जनाएका छन् ।
३० बर्ष अघि बनेको ‘जन्जीर’लाई अपूर्वाले रीमेक गरेकी हुन् । पहिलो ‘जन्जीर’मा अमिताभ बच्चनले मुख्य भूमिका निभाएका थिए ।
फाईटको सीन लिनका लागि दुई करोडको सेट मुम्बईमा नै लगाईएको थियो । मुख्य भूमिकामा रहेका अभिनेता राम चरनले सो सीनमा अभिनय गरेका छन् । फिल्मको सीक्वेंसमा रिसर्च र प्लानिङ गर्न टीमलाई दुई महिना लागेको थियो ।
सीनलाई सातवटा क्यामराले शूट गरिएको छ । सेटमा लगभग दुई हजार साना झुपडीका घर बनाईएका छन् ।
सीन शूट गर्ने बेला सातवटा क्यामरालाई आपसी तालमेलमा राखिएका थिए । यो मुस्किल काम भएको निर्माण पक्षको भनाई छ ।
फिल्मका निर्माता साकेतले ‘स्लम वस्ती धारावी’को सेट बनाउदा खर्च बढेको बताए । १ सय २० फाइटर र ३ सय जूनियर कलाकार शुटिङका बेला सो स्थानमा थिए । शुटिङमा आवश्यक पर्ने केही कारहरु क्वालम्पुरबाट ल्याईएका थिए ।
लगभग ७५ करोड रुपियाँमा बनेको ‘जन्जीर’ ६ सितम्बरमा रिलीज हुने छ । फिल्ममा राम चरन तेजाका साथै सञ्जय दत्त, प्रकाश राज र प्रयिंका चोपडाको मुख्य भूमिका छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय