एकसिंगे गैंडा संरक्षणमा सफलता

rhinoचितवन, ११ साउन । चितवनमा आर्थिक वर्ष २०६९/७० मा दुर्लभ वन्यजन्तु एकसिंगे गैंडा संरक्षणमा सफलता मिलेको जिल्ला वन कार्यालयले दावी गरेको छ ।
एकसिंगे गैंडा संरक्षणका लागि यो बर्ष उपलब्धि मुलक रहेको वन कार्यालका प्रमुख डा.इन्द्रप्रसाद सापकोटाले बिहीबार बताए । उनले भने, ‘सर्वसाधारणको चेतनास्तरमा बृद्धि भएकै कारण वन्यजन्तु संरक्षण सम्भव भएको हो ।’
डा.सापकोटाले सुरक्षा संयन्त्र, संचारकर्मी, सर्वसाधारणको सहकार्यविना वन तथा वन्य जन्तु संरक्षण असम्भव रहेको बताए ।
आफ्नो कार्यकालमा ६ वटा वन समुदायमा हस्तान्तरण भएको जानकारी उनले दिए । (फाईल तस्विर)

प्रतिक्रिया