स्पेन । स्पेनमा रेल दुर्घटना हुँदा ६० जनाको मृत्यु भएको छ । रेल लीकबाट बाहिरिँदा भएको दुर्घटनामा दर्जनौं घाइते भएका छन् । मड्रिडबाट फेरोलतर्फ जाँदै गरेको रेल सेन्टियागो डि कम्पोस्टेलामा दुर्घटना हुँदा थुप्रैं घाइते भएका हुन् । रेलको १३ वटै डिब्बा लीकबाट उछिट्टिएको छ ।
खबरहरुका अनुसार उक्त रेलमा अढाई सयभन्दा बढी यात्रु यात्रारत थिए । गर्मीको छुट्टी मनाउन समुन्द्री किनारातिर लागेकाहरु दुर्घटनामा परेको बताइएको छ । करिब ५० जना घाइतेको अस्पतालमा उपचार भैरहेको प्रहरीले उल्लेख गरेको छ । स्पेनमा भएको यो दुर्घटना पछिल्लो चार दशककै सबैभन्दा डरलाग्दो रहेको खबरमा उल्लेख छ । एजेन्सी
प्रतिक्रिया