उपचार अभावमा झाडापखालाबाट मृत्यू

Dailekha Districtदैलेख, ८ साउन । दैलेख जिल्लामा झाडापखालाबाट एकजनाको मृत्यू भएको छ । झाडापखालाको प्रकोटबाट दुई गाउँ प्रभावित भएको छ ।
झाडापखालाबाट रावतकोट–५ निवासी ५५ वर्षीय तुलाराम कुमालको मृत्यू भएको हो । झाडापखालाबाट विरामी परेका कुमालको समयमा उपचार हुन नसके पछि मृत्यू भएको आफन्तले जानकारी दिए ।
रावतकोटमा झाडापखालाबाट सातजनाको अवस्था गम्भीर रहेको स्थानीय मानबहादुर थापाले जानकारी दिए । कामी टोल र विष्ट टोलका स्थानीय झाडापाखालाले बढि प्रभावित रहेको थापाले बताए ।
झाडापखाला गाउँमा फैलने क्रम बढेपनि उपचार र औषधि समयमा पुग्न सकेको छैन ।
साउने संक्रान्तिको दिन खाएको राँगाको मासुले झाडापखाला फैलिएको हुन सक्ने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
यसअघि झाडापखालाका पाँच गम्भीर विरामीको जिल्ला अस्पतालमा उपचार भैरहेको छ ।

प्रतिक्रिया