भदौसम्म नेविसंघको विवाद सकिन्छ : राठौर

Kishor-Shing-Rathorचितवन, ८ साउन । काग्रेसका नेता एवं नेविसंघका पूर्व अध्यक्ष किशोरसिंह राठौरले भदौ सम्ममा भातृसंगठनको विवाद अन्त्य हुने दाबी गरेका छन् ।
नेपाल प्रेस यूनियन चितवन शाखाले आज (मंगलबार) नारायणगढमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता राठौरले नेविसंघ महाधिवेशन समयमा गराउन विवाद अन्त्य गरिने बताए । उनले भने, ‘नेविसंघ भित्रको सबै विवाद भदौ भित्र समाप्त हुन्छ ।’
नेकपा–माओवादीसहितका साना ३३ दलको चुनाव बहिष्कारले चुनावलाई कुनै असर नपार्ने राठौरको भनाई छ ।
राजनीतिक स्थिरता र विकासका लागि संविधानसभाको निर्वाचन आवश्यक रहेको बताएका उनले भने, ‘निर्वाचनका लागि नै निर्दलीय सरकार स्वीकार गरेका छौं ।’

प्रतिक्रिया