चन्दा रसिद फिर्ता नगर्नेको सूचीमा तीन नेता

Kshitiz Bhandariकाठमाडौं, ७ साउन । नेपाल विद्यार्थी संघले हालसम्म चार लाख ५५ हजार नगद चन्दा संकलन गरेको जनाएको छ ।
नेविसंघले आज (सोमबार) राजधानीमा पत्रकार सम्मेलन गरेर महाधिवेशनका लागि सो रकम संकलन गरेको जनाएको हो । विभिन्न कलेज र व्यक्तिले नेविसंघलाई चन्दा रकम सहयोग गरेको विज्ञप्तिमा जनाईएको छ । विज्ञप्तिमा चन्दा रकम दिने संस्था र व्यक्तिको नाम समेत उल्लेख छ ।
अध्यक्ष रञ्जीत कर्णलाई चन्दा रकम संकलन गरेर आर्थिक अनियमितता गरेको संगठनकै केही नेताहरुले लगाए पछि रकमका बारेमा जानकारी दिईएको छ ।
नेविसंघले तीन जना विद्यार्थी नेतालाई चन्दा रकम संकलनको रसिद फिर्ताको सूचीमा राखेको छ । रवि थापा, मनोज कोइराला र क्षितिज भण्डारीले चन्दाको रसिद लगेर हालसम्म एक रुपियाँ पनि नेविसंघलाई बुझाएका छैनन् ।
चन्द संकलनका लागि रसिद लिएर जाने तीनजना नेविसंघका केन्द्रीय नेता हुन् ।
यसैबीच, नेविसंघले आफ्नो एघारौं महाधिवेशनको कार्यतालिका पनि सार्वजनिक गरेको छ । नेविसंघको महाधिवेशन भदौंको २९, ३० र ३१ गते काठमाडौंमा एघारौं महाधिवेशन गर्ने कार्यक्रम सार्वजनिक गरेको हो । (तस्विरमा क्षितिज भण्डारी)

प्रतिक्रिया