विस्तारवादीको ईसारामा चुनाव : बैद्य

Mohan-Baidhyaहेटौंडा, ७ साउन । नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्यले साम्राज्यवादी र विस्तारवादीको ईसारामा चुनाव गराउन प्रमुख चार राजनीतिक शक्ति लागीपरेको आरोप लगाएका छन् ।
हेटौँडामा आज (सोमबार) आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष बैद्यले निर्वाचनका नाममा नेपाललाई सिक्किमीकरण बनाउने प्रयास भईरहेको बताए । ‘साम्राज्यवादी र विस्तारवादीको ईसारामा चुनाव हुन लागेको छ,’ उनले भने, ‘नेपाललाई अर्को सिक्किम बनाउन प्रमुख चार राजनीतिक शक्ति लागेका छन् ।’
उनले यथास्थितिमा चुनाव गरिए बहिष्कारी प्रतिरोधगरिने चेतावनी दिए । ‘यथाअवस्थामा चुनाव गरियो भने सशक्त प्रतिरोध हुन्छ,’ बैद्यले भने ।
उनले राष्ट्रभक्तहरु एकजुट भएमात्र देशले निकास पाउने बताए । बैद्यले इतिहासमै राष्ट्रिय स्वाधिनता सबैभन्दा बढि खतरामा परेको बताए ।
‘राष्ट्रियताका लागि व्यक्तिगत वा दलीय स्वार्थभन्दा माथि उठ्नु जरुरी छ,’ उनले भने ।
विगतको राजनीतिक सहमति ध्वस्त भइसकेको बताएका अध्यक्ष बैद्यले भने, ‘नयाँ राष्ट्रियता, नयाँ लोकतन्त्रका लागि नयाँ सहमति गर्नुपर्छ ।’

प्रतिक्रिया