अमेरिकामा फैसलाविरुद्ध प्रदर्शन

Amricaवासिङटन । अमेरिकामा काला जातीका एक युवक ट्रेवोन मार्टिनको हत्या अभियोग लागेका गोरा जातिका जर्ज जिम्मरम्यानलाई छाड्ने अदालती फैसलाविरुद्ध एकसयभन्दा बढी स्थानमा प्रदर्शन भएका छन् । सन् २०१२ को फेब्रुअरीमा फ्लोरिडामा निहत्था १७ वर्षिय काला किशोर ट्रेवोनको गोरा जातीका जिमरमेनले गोली हानी हत्या गरेका थिए ।

अभियुक्त जिमरमेनले हत्या गरेको अदालत सामु स्वीकारे पनि अदालतले गत साता उनलाई सफाई दिएको थियो । अदालतले काला जातीविरुद्ध यस्तो अन्यायपूर्ण फैसला गरेको भन्दै मानिसहरु सडकमा उत्रेका हुन् । अदालतले गरेको विभेदकारी फैसलाविरुद्ध राष्ट्रपति बाराक ओबामाले समेत दूःख व्यक्त गरेका छन् ।

अमेरिकामा सबै काला जातीले कुनै न कुनै रुपमा जातीय भेदभावको अनुभव गर्नुपरेको दुखेसो ओबामाको थियो । ह्वाइट हाउसमा पत्रकारहरुसँग भावुक मुद्रामा प्रस्तुत ओबामाले त्यस्तै अपराध कुनै गोरा जातीको किशोरले गरेको भए फैसला अर्कै आउन सक्ने थियो भनेका छन् । उनले अफ्रिकी मुलका अमेरिकीले कानूनको पालनामै जातीय भेदभावको सामना गर्नुपरेको उल्लेख गरे । एजेन्सी

प्रतिक्रिया