तनहुँमा दुई यवतीद्वारा ज्यान दिने प्रयास

Tanahu Districtतनहुँ, ५ साउन । तनहुँ जिल्लास्थित चुँदी खोलामा हामफालेर ज्यान दिन खोज्ने दुई युवतीलाई प्रहरीले उद्धार गरेको छ ।
चन्द्रावती–३ की १७ बर्षीया पुजा अधिकारी र १७ बर्षीया अस्मिता अधिकारीले आज (शनिबार) बन्दीपुर–४, चिसापानीस्थित चुँदी खोलामा हामफालेको प्रहरीले जनाएको छ । तत्काल प्रहरीले उनीहरुको उद्धार गरेको थियो ।
स्थानीयको सहयोगमा उद्धार गरिएका पुजा र अस्मिताको अवस्था गम्भीर छ । उनीहरुलाई उपचारका लागि लक्ष्मी अस्पताल डुम्रेमा लगिएको छ ।
दुबै युवतीले सँगै खोलामा हाम फाल्नुको कारण खुल्न सकेको छैन । सो विषयमा अनुसन्धान जारी रहेको प्रहरी भनाई छ ।

प्रतिक्रिया