वार्ताका लागि सरकारद्धारा पुन: आह्वान

sarkar logoकाठमाडौं, ३ साउन । सरकारले नेकपा–मओवादीसहितका आन्दोलनरत ३३ दललाई वार्ताका लागि पुन: औपचारिक आह्वान गरेको छ ।
सिंहदरबारमा आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले नेकपा माओवादीलाई वार्ताका बोलाउने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता माधव पौडेलले जानकारी दिए । उनले आन्दोलनरत सबै दलहरुसंग वार्ता गर्ने निर्णय गर्दै वार्तामा आह्वान गरिएको बताए ।
उच्चस्तरीय राजनीतिक समितिले बुधबार मात्रै नेकपा माओवादीलाई वार्ताका लागि औपचारिक रुपमा आह्वान गरेको थियो । समितिको वार्ता प्रयासलाई पनि सरकारले सकारात्मक रुपमा लिएको जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ५ वटै क्षेत्रमा खोल्न लागिएका कार्यालयका लागि आवश्यक दरबन्दी स्वीकृत गरिएको बैठक पछि प्रवक्ता पौडेलले बताए । दिपायल, सुर्खेत, पोखरा, हेटौडा र धनकुटामा आयोगका कार्यालय खोल्न अन्तिम तयारी भईसकेको छ ।
मन्त्रिपरिषद्ले नेपाली सेनाको विकास निर्देशनलायमा कार्यरत प्राविधिक तर्फका महासेनानी शरदलाल श्रेष्ठलाई एकतह बढुवा गर्ने निर्णय गरेको पौडेलले बताए । सरकारले प्रधानसेनापति गौरब शमशेर जबराको भदौ २१ देखि २७ गते सम्मको बेलायत भ्रमणलाई स्वीकृति दिएको छ ।

प्रतिक्रिया