पूर्व सर्तसहितको वार्तामा जांदैनौं : गजुरेल

CP-Gajurel-Souryadailyपांचथर, ३ साउन । नेकपा माओवादीका उपाध्यक्ष सीपी गजुरेलले वार्ताका लागि राखिएका पूर्वसर्तले संविधानसभा निर्वाचन तोकिएकै समयमा हुनेमा आशंका उब्जीएको जनाएका छन् ।
पांचथरमा आज (बिहीबार) पत्रकारसंग कुरागर्दै गजुरेलले पूर्वसर्त राखेर प्रमुख चार राजनीतिक शक्तिले निर्वाचन नगराउन षड्यन्त्रमा लागेको बताए । ‘पूर्वसर्त राखेर चार राजनीतिक शक्तिले राम्रो गरेनन्,’ उनले भने, ‘पूर्वसर्त राख्नुले मंसिर चार गते निर्वाचन हुने देखिएन ।’
आन्दोलनरत ३३ दल यथाअवस्थामा निर्वाचनमा भागलिने अवस्थामा नरहेको बताएका उपाध्यक्ष गजुरेलले निर्वाचन झन् अनिश्चित बन्दै गएको बताए ।
उनले पूर्व सर्तसहितको वार्तामा आफूहरु नजाने बताए । ‘हामी पूर्वसर्त मानेर बार्तामा जांदैनौं,’ उनले भने । मुलुकलाई निकास दिन गोलमेच सम्मेलनमै जानुपर्ने उपाध्यक्ष गजुरेलले उल्लेख गरे ।
उच्चस्तरीय राजनीतिक समितिले केही विषय बाहेकका एजेण्डामा छलफल गर्न सकिने भन्दै वार्ताका लागि औपचारिक आह्वान गरे पछि गजुरेलले वार्ताप्रति अनिच्छा देखाएका हुन् ।

प्रतिक्रिया