‘चुनावको मिति सार्न वा सरकार छाड्न तयार छौं’

Ramkumar-Shresthaकाठमाडौं, २ असार । पर्यटनमन्त्री रामकुमार श्रेष्ठले दलहरुबीच आम–सहमति भए आफूहरु मंसिर–४ गतेका लागि घोषित निर्वाचनको मिति सार्न वा सरकार छाड्न तयार रहेको बताएका छन् ।
काठमाडौंमा आज (बुधबार) आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले चार राजनीतिक शक्तिले सहमति गरेर निर्वाचन सारे आफूहरुलाई कुनै अप्ठेरो नहुने बताए ।
‘चार राजनीतिक शक्तिले सहमति गरे हामी कुर्सीमा टाँसिएर बस्दैनौ,’ उनले भने, ‘हामीले सरकार छाड्दा निकास आउँछ भने बाधक बन्दैनौ ।’
मन्त्री श्रेष्ठले दलहरुका बीच सहमति भए घोषित निर्वाचनको मिति सर्न सक्ने स्पष्ट पारे । निर्वाचनका लागि दलहरुवीच आम सहमति हुनु पर्ने उनको भनाई छ ।
उनले एक/दुईवटा दलले बहिष्कार गर्दैमा निर्वाचन नरोकिने बताए ।

प्रतिक्रिया