सिरियाली जनतालाई बढी दुख

Sireyaसिरिया । संयुक्त राष्ट्रसंघले सिरियाको अवस्था रुवाण्डाको गृहयुद्धको बेलाको भन्दा पनि खराव रहेको जनाएको छ । सन् १९९४ मा अफ्रिकी मुलुक रुवाण्डामा गृहयुद्ध र नरसंहार हुंदा त्यहांका जनताले ब्यहोरेको कष्ट भन्दा पनि सिरियाली जनताले बढी दुख पाएको राष्ट्रसंघका अधिकारीहरुले बताएका छन् ।

राष्ट्रपति बसार अल असदको सरकारी फौज र विद्रोहीवीचको भीडन्तको क्रममा सिरियामा प्रत्येक महिना ५ हजार भन्दा बढीको मृत्यु हुने गरेको संयुक्त राष्ट्र सघंले जनाएको छ ।

सिरियाबाट दैनिक ६ हजार नागरिक पलायन हुने गरेको र शरणर्थीको संख्या १८ लाख पुगेको पनि राष्ट्र सघंले जनाएको छ । संयुक्त राष्ट्रसंघको शरणर्थी सम्बन्धी ममिला प्रमुख एन्तोनियो गुटरेजका अनुसार सिरियामा खाद्यान्नको चरम अभाव भएको छ ।

प्रतिक्रिया