कैटरीना कैफका २९ बर्ष पुरा

Katrina-Kaif 1मुम्बई । बॉलीवुडकी हट अभिनेत्री तथा बार्बी गर्लको नामले परिचित कैटरीना कैफले २९ बर्ष पार गरेकी छन् ।
सोमबार उनले आफ्नो २९ औं जन्म दिन मनाएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । झण्डै तीन दशकी कैटरीना कैफले बलिउडका अधिकांश ठूला कलाकारसँग अभिनय गरिसकेकी छन् ।
१६ जुलाई १९८४ मा हङकङमा जन्मीकी कैटरीना कैफको वास्तवीक नाम कैटरीना टॉरकेटी हो । १४ वर्षको उमेरमा मोडलिङबाट उनले आफ्नो करियरको शुरआत गरेकी हुन् ।
कैटरीना मोडलिङका लागि मुम्बई आएका बेला कैजाद गुस्तादसँग उनको भेट भएको थियो । कैजादले आफ्नो ‘बुम’ फिल्मबाट कैटरीनालाई ब्रेक दिएका हुन् । ‘बुम’मा उनले अमिताभ बच्चन र जैकी श्राफसँग काम गरेकी थिईन् ।
सलमान खानको सिफारीस कैटरीना कैफले खेलेको ‘मैने प्यार क्यू किया’ले उनलाई चिनाएको हो ।

प्रतिक्रिया