गैरदलीय रेग्मी सरकारका १५ बुँदामा उपलब्धी

Khilraj-Regmi'sकाठमाडौं, १ साउन । प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको गैरदलीय सरकारले असार मसान्तसम्म गरेका आफ्ना कारमबारबाहीका १५ बुँदे सूची सार्वजनिक गरेको छ ।
मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरि बास्कोटाले १५ बुँदाको सूची तयार गरी जारी गरेका हुन् ।
दुई दिन अघि सार्वजनिक भएको आर्थिक बर्ष २०७०/०७१ को बजेटलाई सरकारले आफ्नो उपलब्धीका रुपमा प्रस्तुत गरेको छ । सरकारले ५ सय १७ अर्ब २४ करोडको वजेट ल्याई सकेको छ ।
राष्ट्रिय योजना आयोगले तयार गरेको र राष्ट्रिय विकास परिषद्बाट पारित भएको आउँदो तीनवर्षको आवधिक योजनाको आधारपत्र, केन्द्रीय दैवी प्रकोप उद्धार कोषमा साविकमा प्रतिवर्ष ५ करोड रुपियाँ राख्न गरिएको निर्णय र १० करोड पुर्‍याउने निर्णयलाई सरकारले सम्पादित काम भनेको छ ।
मन्त्रिपरिषद्बाट कमलरी मुक्ति घोषणा गर्ने र अभियानकै रुपमा कार्यक्रम संचालन गर्ने, लामो समयदेखि उत्पादन बन्द भई बिनाकाम बसिरहेका जनकपुर चरोट कारखाना लिमिटेडमा कार्यरत ७ सय ५८ जना कर्मचारीलाई अवकाश दिने, रोडा, ढुङ्गा, गिट्टी तथा बालुवाको उत्खनन्, संकलन, आन्तरिक आपूर्ति र निकासीका सम्बन्धमा सरकारले समुचित प्रबन्ध मिलाएको विषयलाई पनि उपलब्धीको सूचीमा राखेको छ ।
अनिर्णित अवस्थामा रहेको क्यासिनो सम्बन्धि नियमावली जारी भएको जनाएको सरकारले नेपालीलाई क्यासिनो प्रवेशमा रोक लगाउनुका साथै सरकारलाई प्राप्त हुने राजश्व बृद्धि गरिएकोमा पनि आफ्नो असार महिनाको सम्पादित काममा रेग्मी सरकारले राखेको छ ।
माओवादी सेनाका लडाकुहरुले प्रयोग गरेका र हाल खाली भएका शिविरहरु उपयुक्त निकायहरुलाई प्रयोग गर्न दिने निर्णय भएको जनाएको सरकारले महिला उद्यमशीलता विकास केन्द्र संचालन कार्यविधि, बाली तथा पशुधन बीमाको प्रिमियममा अनुदान उपलब्ध गराउने कार्यविधि, अति विशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि र प्रविधि विकास कोष कार्यविधिलाई पनि उपलब्धिको सूचीमा राखिएको छ ।
सशस्त्र प्रहरी बललाई समयसापेक्ष रुपमा सबल बनाउन ३ हजार २ सय ४३ पदहरुको दरबन्दी थप, चीनका स्टेट काउन्सिलर याङ्ग जेइची र भारतका विदेशमन्त्री सलमान खुर्सिदले नेपालको भ्रमण, संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ नेपाली सेनाको फौजलाई सिरियामा तैनाथ गराउन स्वीकृति दिइएको विषय पनि सरकारका उपलब्धिमा छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा अवकाश प्राप्त मुख्य सचिव, सचिव र विशिष्ट श्रेणीका अधिकारीहरुको सम्मेलन आयोजना, सार्क हस्तकला विकास केन्द्र स्थापना गर्ने निर्णय तथा लामो समय देखि विना काम दायित्व वहन गरी रहेका कर्मचारीहरुलाई अवकास दिई पशु आहार उत्पादन विकास समिति विघटन गरिएको विषय पनि सरकारले उपलब्धि भएको जनाएको छ ।

प्रतिक्रिया