भागदौडमा कम्तिमा १७ को मृत्यू

जकार्ता । इन्डोनेसियामा बक्सिङ खेलका क्रममा भागदौड मच्चिंदा कम्तिमा १७ जनाको ज्यान गएको छ । पूर्वी पूवा प्रान्तको नाविरमा आइतबार राति भएको दुई स्थानीय मुक्केबाजबीचको भिडन्तपछि हार्ने पक्षका समर्थकले जित्ने पक्षका समर्थकमाथि कुर्सी बर्साउन थालेपछिको भागदौडमा यति ठूलो संख्यामा ज्यान गएको हो । मारिनेमा अधिकांश महिला रहेका बीबीसीले जनाएको छ ।

झण्डै आठ सय मानिस अट्ने क्षमता रहेको उक्त रंगशालामा एक हजार बढी दर्शक भएका कारण भागदौड मच्चिंदा धेरैले ज्यान गुमाएको जकार्ता प्रहरीले जनाएको छ ।

खेलका क्रममा रंगशालाका पाँचमध्ये दुई वटा गेटमात्र खुल्ला रहेका थिए । भागदौडमा थुप्रैको संख्यामा घाइते भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया