अलाकान्ट्रा जर्मनसँग अनुबन्धित

Brayan-Jarmanस्पेनिस । स्पेनिस क्लव बार्सिलोनाका मिड फिल्डर थियागो अलाकान्ट्रा जर्मन क्लव बायर्न म्युनिखसँग अनुबन्धित हुने पक्का भएको छ । इङ्गलिस क्लव म्यानचेष्टर युनाईटेले पनि चासो राखेको अलाकान्ट्रालाई २१ दशमलव ६ मिलियन पाउण्डमा बायर्न म्युनिखले ४ बर्षका लागि क्लवमा भित्राएको हो ।

बार्सिलोनाका पूर्व प्रशिक्षक पेपे ग्वार्डियोला बार्यन म्युनिखको प्रशिक्षक बनेदेखि नै उनले अलाकान्ट्रामाथि आँखा लगाउँदै आएका थिए । अलाकान्ट्रालाई पहिलो पटक बार्सा ए–बाट खेल्ने मौका पनि तात्कालिन प्रशिक्षक ग्वार्डियोलाले नै दिएका थिए । (एजेन्सी)

प्रतिक्रिया