हाम्रो लडाईं जाति विशेषसँग होइन : अध्यक्ष जिरेल

काठमाडौं, ३० असार । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघका नवनिर्वाचित अध्यक्ष शान्ति जिरेलले आफूहरुको लडाई कुनै ब्यक्ति र समुदायसँग नरहेको दाबी गरेकी छन् ।
काठमाडौंमा आज (आइतबार) आयोजित पत्रकार सम्मलेनमा अध्यक्ष निरेलले राज्यले बनाएको नीति र कानूनले आदिवासी जनजाति माथी विभेद गरेको बताईन् । ‘जनजातिका मागलाई राज्यले सम्बोधन नगरेकै कारण पटक–पटक यस विषयमा कुरा उठाईरहनु परेको छ,’ उनले भनिन् ।
आत्मनिर्णयको अधिकारसहित जातीय, भाषिक र क्षेत्रगत स्वायत्ततासहितको संविधान लेखिनुपर्ने, राज्यले नयाँ संविधानमा आदिवासी जनजाति महिलाको पहिचानलाई स्वीकार गर्नुपर्नेलगायतका माग आफूहरुले अघि सारेको उनको भनाई छ ।

प्रतिक्रिया