भवनको रकम जुटाउने जिम्मा शाहलाई

Rishikesh-Jung-Shahaकाठमाडौं, ३० असार । कांग्रेस सल्यायान–काठमाडौं सम्पर्क समितिले भवन निर्माणका लागि आवश्य पर्ने रकम संकलन गर्ने जिम्मेवारी विद्यार्थी नेता ऋषिकेशज जंग शाहलाई दिएको छ ।
जिल्ला सभापति गणेश चन्दसहित राजधानीमा बसेको समिति बैठकले सल्यानस्थित कांग्रेस पार्टी कार्यालयको भवन निर्माणका लागि जिम्मेवारी दिएको हो । कांग्रेसले सल्यानमा भवन निर्माण गर्दैछ ।
त्यसै गरी समितिले आगामी संविधानसभा निर्वाचनमा दुईवटै निर्वाचन क्षेत्र आफ्नो पक्षमा बनाउन पहल गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया