आत्महत्या गर्ने सैनिकको संख्या डर लाग्दो

Belayatiवेलायत । बेलायती सैनिकमा आत्महत्या गर्नेको संख्या डरलाग्दो ढंगले बढेको छ । सन् २०१२ मा अफगानिस्तानमा आत्महत्या गर्ने बेलायती सैनिकको संख्या तालिवानसँगको भिडन्तमा मारिनेभन्दा बढी रहेको छ । बीबीसीका अनुसार सन् २०१२ मा अफगानिस्तानमा आत्महत्या गरेर मर्ने बेलायती सैनिक ५० जना थिए ।

जबकी सोही अवधिमा विद्रोहीसँगको भिडन्तमा ४४ जना मारिए । सैनिकका परिवारले सरकारबाट सेनाले पर्याप्त सहयोग नपाएको गुनासोसमेत गरेका छन् । बेलायती रक्षा मन्त्रालयले आत्महत्यासम्बन्धि सूचनासमेत लुकाउने गरेको बीबीसीको सर्वेक्षणमा उल्लेख छ ।

प्रतिक्रिया