खोलाले बगाएर तीनजना बेपत्ता

morangमोरङ, २९ असार । मोरङ जिल्लामा बक्राह खोलाले बगाउँदा एकबालक सहित तीनजना बेपत्ता भएका छन् ।
शुक्रबार बेलुका दर्वेसा निवासी १६ बर्षीय अर्जुन राजबंशी, १६ बर्षीय प्रमोद राजवंशी र ११ बर्षीय अविनाश राजवंशीलाई खोला तर्ने क्रममा बक्राह नदीले बगाएको प्रहरीले जनाएको छ ।
खोलाले बगाउँदा बेपत्ता भएका तीनजनाको खोजतलास जारी रहेको प्रहरी भनाई छ ।

प्रतिक्रिया