कसैको ओछ्यान तताएको छैन : शुष्मा

Sushma Karkiकाठमाडौं । नायिका शुष्मा कार्की पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा आइटम गीतमा हुने नृत्यका कारण चर्चामा छिन् ।
चलचित्र अभिनयमा पनि हट नायिकाको सूचिमा आफूलाई सूचिकृत गर्न सफल यी नायिकाको ब्यास्तता अहिले आइटम नृत्यदेखि अभिनयसम्म छ ।
बेलाबखतमा स्वदेशी कार्यक्रममा मात्र हैन विदेशमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागिता जनाउने शुष्माका कार्यक्रममा हट प्रस्तुतीले सबैको मन जित्न सफल छिन् ।
शरीरका केही भागमा टाटु बनाएर अहिले चर्चामा रहेकी शुष्मा समय अनुसार चल्नका लागि शरीरका बिभिन्न भागमा टाटु बनाएको बताउँछिन् । उनको टाटुको अर्को उदाउँदै गरेको कलाकार हो रे ।
सुदर्शन थापासंगको प्रेम ब्रेकअफ पछि आफू कसैको प्रेममा नपरेको उनको दावी छ । बेलाबेलामा नयाँ प्रेमीका साथ देखिदै पनि आएकी छन् शुष्मा । ‘मेरो प्रेमी अहिले छैन कोही पनि छैन,’ उनले भनिन् ।
आफू आफ्नै परिवारको सहयोगले कलाकारितामा छिरेको बताउने शुष्मा कलाकारिताका लागि अहिलेसम्म कसैको ओछ्यान नतताएको दाबी गर्छिन् ।
रिलको अभिनयमा सेक्सी देखिदै आएकी शुष्माको जीवनमा चाहिँकतीको सेक्सी छन् त भन्ने प्रश्नमा उनको भनाई छ, ‘म धार्मिक किसिमको युवती हुँ ।’
‘मलाई सेक्सको बारेमा कुनै कुराकानी मन पर्दैन,’ उनले भनिन्, ‘मैले टु पिस पनि लगाएको छैन ।’

प्रतिक्रिया