एकदिवसीय क्रिकेट उपाधि भारतलाई

Cricket Indianवेष्ट इण्डिज । त्रिकोणात्मक एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि भारतले जितेको छ । वेष्ट इण्डिजमा सम्पन्न श्रीलंका विरुद्ध पोर्ट अफ स्पेनमा भएको फाइनल खेलमा कप्तान महेन्द्रसिंह धोनीले अविस्मरणीय ब्याटिङ गरेपछि भारतले एक विकेटको नाटकीय जीत दर्ता गराएको हो ।

अन्तिम ओभरमा १५ रन चाहिएको स्थितिमा धोनीले दुई छक्का र एक चौका प्रहार गरेपछि जीत भारतको पोल्टामा पुगेको हो । खेलमा पहिले ब्याटिङ गरेको श्रीलंकाले ४८ ओभर ५ बलमा सबै विकेटको नोक्सानीमा २ सय १ रन बनाएको थियो ।

श्रीलंकाका कुमार संगाकाराले ७१ रन बनाए भने भारतीय बलर रविन्द्र जडेजाले ४ विकेट लिए । जवाफमा २ सय २ रनको लक्ष्य भारतले ४९ ओभर ४ बलमा ९ विकेट गुमाएर हात पार्‍यो ।

श्रीलंकाका रंगाना हेराथले ४ विकेट लिए । प्रतियोगिताको म्यान अफ द सिरिज भारतका भुवनेश्वर कुमार भए । एजेन्सी

प्रतिक्रिया