एकसय पचास कैदी फरार

jail_turkeyइन्डोनेशिया । इन्डोनेशियाको कारागारबाट एकसय पचास कैदी फरार भएका छन् । इन्डोनेशियाको सुमात्रा द्वीपको मेदान शहरमा रहेको कारागारबाट कैदी भागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

बिजुली र पानीको आपूर्ति नियमित नभएको बहानामा हल्लाखल्ला मच्चाउँदै उनीहरु भागेका हुन् । भाग्ने क्रममा कारागारको सुरक्षार्थ खटिएका प्रहरीसँग उनीहरुको झडपसमेत भएको थियो । झडपमा केही सुरक्षाकर्मी र कैदी घाइते भएका छन् ।

भाग्नेमा केही आतंकवादी पनि रहेको बताइएको छ । भगुवाहरुले प्रहरीको हतियार समेत लुटेका छन् । एजेन्सी 

प्रतिक्रिया