स्विडेन र डेनमार्क बराबरीमा

football19काठमाडौं । महिला युरो २०१३ फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक स्विडेनलाई डेनमार्कले बराबरीमा रोकेको छ । बुधबार राति गोटेबर्गमा डेनमार्कले स्विडेनलाई १-१ गोलको बरबरीमा रोकेको हो । निला फिसरको गोलमा स्विडेनले अग्रता बनाए पनि मारियान गज्हेडेको गोलमा डेनमार्कले बराबरी गरेको हो ।

दोस्रो हाफमा दुई पेनाल्टी चुकाएपछि स्विडेनले बराबरीमा चित्त बुझायो । प्रतियोगिता अन्तर्गत सोही समूह एको अर्को खेलमा इटालीले फिनल्यण्डसँग गोल रहित बराबरी खेल्यो ।

प्रतिक्रिया