सौर्य दैनिकका उदयपुर सम्वाददाता सम्मानित

Sachin-Bhattarai-1उदयपुर, २८ असार । मोफसलमा रहेर सरसफाई सम्बन्धि उत्कृष्ट समाचार सम्पादन र सम्प्रेषण गरेको भन्दै सौर्य दैनिकका उदयपुर सम्वाददाता रामप्रसाद भट्टराई पुरस्कृत भएका छन् ।
भट्टराईसहित स्थानीय चारपत्रकार पनि बिहीबार सम्मानित भएका हुन् । उदयपुरलाई सन् २०१५ सम्ममा खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने अभियान सञ्चालनमा सहयोग गरेकोमा मूल्यांकनसहित सम्मान र पुरस्कार प्रदान गरिएको हो ।
उदयपुरका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठ, स्थानीय विकास अधिकारी गोपालकुमार अधिकारी तथा प्रेस स्वतन्त्रता सेनानी कौशल चेम्जोङले संयुक्त रुपमा पुरस्कार र सम्मान प्रदान गरेका हुन् ।
स्थानीय पत्रकार भोटराज राई, जयन्ती तामाङ र सुमित्रा कोइराला पनि सम्मानित भएका छन् । स्थानीय बरुवा टाइम्स दैनिक र त्रियुगा टाइम्स साप्ताहिक समेत पुरस्कृत भएका छन् ।
भट्टराई र राईले तीन/तीन हजार राशिको नगद पुरस्कार पाएका छन् । तामाङ र कोइरालालाई एक/एक हजार तथा पत्रिकालाई १५ सय रुपियाँ प्रदान गरिएको थियो ।

प्रतिक्रिया