मुआब्जा माग्दै अरनिको राजमार्ग बन्द

Sindhupalchok

सिन्धुपाल्चोक, २७ असार । अरनिको राजमार्ग प्रभावित काभ्रे, सिन्धुपाल्चोक र भक्तपुर मूल संघर्ष समितिले राजमार्ग बन्द गराएको छ ।
समितिले आज (बिहीबार) अरनिको राजमार्गमा यातायात बन्द गराएका कारण राजधानीदेखि पूर्वको आवागमन प्रभावित भएको छ ।
भक्तपुर हुँदै काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछापतर्फ जाने र राजधानी भित्रने छोटो तथा लामो दुरीका कुनै पनि साधन सञ्चालनमा आउन सकेका छैनन् ।
सडक डिभिजन कार्यालय चरिकोटले राजमार्ग आसपासका घरटहरा भत्काउन मालपोत कार्यालय सिन्धुपाल्चोकलाई लगतकट्टा गर्न निर्देशन दिएपछि राजमार्ग आसपासका स्थानीय आन्दोलनमा उत्रिएका हुन् ।
वैशाख–८ गते सडक डिभिजन कार्यालयले मालमोत कार्यालयको लगतकट्टा गर्न निर्देशन दिएको थियो । भत्कने घरटहराको उचित मुआब्जा पाउनु पर्ने माग राख्दै स्थानीयले असार–२० गतेदेखि चरणवद्ध आन्दोलन गरिरहेका छन् ।
बन्दका कारण बीपी राजमार्ग भएर काभ्रे, सिन्धुली, बर्दिवास हुँदै तराईका विभिन्न जिल्लातर्फ जाने सवारी साधानसमेत चलेका छैनन् । बन्दले सहायक मार्गहरुमा समेत यातायात चल्न सकेका छैनन् ।

प्रतिक्रिया