चितवनमा अझै उल्लेख्य कुष्ठ रोगका विरामी

Kustha-Rogचितवन, २७ असार । देशबाटै निवारण घोषणा भैसकेको कुष्ठरोग नियन्त्रणको अवस्था चितवनमा सुधारोन्मुख रहेको छ । जिल्लाको तथ्याङक अनुसार अझै उल्लेख्य कुष्ठ रोगी छन् ।
२०६६ सालमा निवारण घोषित कुष्ठरोग चितवनमा ५ बर्ष पछि मात्र निवारणको अवस्थामा पुगेसँगै सुधारोन्मुख देखिएको हो । हाल प्रतिदश हजार जनसंख्यामा शुन्य दशमलब ८६ प्रतिशत जनसंख्यामा कुष्ठरोग देखिएको जिल्ला जनस्वास्थ्य कार्यालयका क्षयकुष्ठ सहायक अमर दवाडीले जानकारी दिए ।
आर्थिक बर्ष २०६६/०६७ को अन्त्यसम्मा ६५ जना कुष्ठरोगका बिरामी देखिएकोमा आर्थिक बर्ष २०६७/०६८ मा बढेर ८० जनामा यो रोग देखिएको थियो ।
यस्तै आर्थिक बर्ष २०६८/०६९ मा ९२ जनामा देखापरेको कुष्ठरोग यस आर्थिक बर्षमा घटेर ५० जनामा देखिएको तथ्याङ्मा उल्लेख छ ।
कुष्ठरोग नियन्त्रणमा सुधारोन्मुख देखिएपनि सर्तकता उच्च राख्नु पर्ने आवश्यक रहेको क्षयकुष्ठ सहायक दवाडीले बताए ।
भरतपुर नगरपालिकामा मात्रै १७ जना कुष्ठ रोगका रोगी छन् । ३६ गाबिस र २ नगरपालिका गरी २२ स्थानमा कुष्ठरोगका बिरामी रहेका छन् । (फाईल तस्विर)

प्रतिक्रिया