नेविसंघको महाधिवेशन भदौ अन्तिम साता

Nepal Student Unionकाठमाडौं, २६ असार । कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघले आफ्नो केन्द्रीय महाधिवेशन आगामी भदौ अन्तिम साता गर्ने निर्णय गरेको छ ।
ललितपुरमा मंगलबार बेलुका सम्पन्न नेविसंघको केन्द्रीय समिति बैठकले भदौ–२९ गतेदेखि महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता युपी लामिछानेले जानकारी दिए । उनले संठनमा देखिएका विवाद अन्त्य गरिँदै जाने पनि बताए ।
बैठकले विधान र नियमावलीसहित संशोधन समेत गरेको छ । यस अघि पटक/पटक नेविसंघको महाविधेश गर्ने निर्णय भए पनि स्थगित हुँदै आएको थियो । (तस्विर सौजन्य ऋषिकेश जंग शाह)

प्रतिक्रिया