बसको ठक्करबाट भारतीय नागरिकको मृत्यू

भक्तपुर, २५ असार । भक्तपुरबाट काठमाडौं जाँदै गरेको मध्यपुर यातायातको बसको ठक्करबाट एकजना भारतीय नागरिकको मृत्यू भएको छ ।
काठमाडौंबाट पेप्सीकोला आउँदै गरेको मोटरसाईकललाई आज (मंगलबार) ठक्कर दिँदा भारतीय नागरिक बब्लु बंगालीको मृत्यू भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अर्का एकजना घाईते भएका छन् ।
मध्यपुर यातायातको बा २ ख ६९८५ यात्रु बहाक बसले पेप्सीकोलामा बा १८ प ३९८२ नम्बरको मोटसाईलाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाईकलमा सवार नुवाकोटका २५ वर्षीय ज्ञानबहादुर लामा गम्भीर घाईते भएका छन् ।

प्रतिक्रिया