कागजमामा मात्रै सुर्तीजन्य पदार्थ सम्बन्धि ऐन

cigretभक्तपुर, २५ असार । सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न ऐन ल्याएको दुईवर्ष बित्तिसक्दा पनि जिल्लामा ऐन लागू हुन सकेको छैन ।
भक्तपुरका जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, जिल्ला विकास समितिकै हाताभित्र खुल्ला रुपमा सुर्तिजन्य पदार्थ विक्री वितरण हुने गरेको छ ।
जिल्लास्तरीय अनुगमन टोलीले भक्तपुरका विभिन्न स्थानमा गरेको अनुगमनका क्रममा धेरैजसो ठाउँमा पर्चा पम्पलेट टाँसिएपनि कार्यान्वयनको पक्ष भने देखिएको छैन ।
नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन २०६८ मा कुनै सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवन गर्न नपाइने, सरकारी कार्यालयको करीब सय मिटरको आसपासमा सुर्तीजन्य पदार्थ सेवन गर्न नपाइने ऐन बनेको दुईवर्ष भइ सकेको छ ।

प्रतिक्रिया