उपाधि ह्वाईटफिल्ड कलेजलाई

काठमाडौं । द ब्रिटिश कलेज कप फुटबल प्रतियोगिताको उपाधि ह्वाईटफिल्ड कलेजले जितेको छ । बुद्धि विकास खेल मैदानमा सोमबार सम्पन्न फाईनल खेलमा गोल्डेट गेट कलेजलाई ४–१ ले हराउँदै ह्वाईटफिल्डले उपाधि जितेको हो ।

खेलमा ह्वाईटफिल्डलाई विजयी गराउन विभुषण केसीले ह्याट्रिक गरे भने पासाङ लामाले १ गोल थपे । पराजित टोली गोल्डेनगेटका लागि भने सुदन थापाले एक गोल फर्काए ।

प्रतियोगितामा ह्वाईटफिल्डका सुजन बस्नेत उत्कृष्ट गोलरक्षक तथा सोही कलेजका विभुषण केसी उत्कृष्ट फरवार्ड घोषित भए ।

उत्कृष्ट डिफेन्डरमा ब्रिटिश कलेजका प्रविण गुरुङ र उत्कृष्ट मिडफिल्डमा गोल्डेनगेटका कमल थापा तथा प्रतियोगिताकै उत्कृष्ट खेलाडीमा सेन्ट जेभियर्सका जर्ज प्रिन्स कार्की घोषित भए ।

सोमबार

प्रतिक्रिया