पाकिस्तान सरकार र सेनाको आलोचना

ladenअमेरिका । पाकिस्तानको सुरक्षा ब्यवस्था फितलो र सरकारको लापरवाहीका कारण नै अलकायदा प्रमुख ओसामा बिन लादेन दशकौंसम्म पाकिस्तानमा रहन सफल भएको तथ्यांक बाहिर आएको छ । अल जजिराले सार्वजनिक गरेको तथ्यांक अनुसार लादेन सन् २००१ मा अफगानिस्तानबाट भागेपछी पाकिस्तानमा रहँदै आएको जनाईएको छ ।

सन् २००२ को गर्मीयाममा पाकिस्तान पुगेका लादेन सन् २००५ मा दक्षिणी बजीरिस्तान, बाजौड, पेशावर, स्वात, हरिपुर हुदैं एबोटाबाद पुगेको उल्लेख गरिएको छ । पाकिस्तानमा रहँदा लादेन र अलकायदाका कार्यकर्ताको गतिबिधिको निगरानी राख्दै आएको अमेरिकाले लादेन पाकिस्तानमा हुनसक्ने आशंका गर्दै पाकिस्तान सरकारलाई औपचारिकता निभाउन पाकिस्तान सरकारलाई जानकारी गराएको रिपोर्टमा उल्लेख गरिएको छ ।

लादेन पाकिस्तान रहेको जानकारी अमेरिकालाई पहिले नै भएको र लादेनलाई अमेरिकी राष्ट्रपति बाराक ओबामाको आदेशमा अमेरिकी सेनाले गोली हानी हत्या गरेको जनाईएको छ । रिपोर्टमा पाकिस्तान सरकार र सेनाको कडा आलोचना गरिनुका साथै सेनाको लापरवाहीका कारण बर्षौंसम्म लादेन पाकिस्तानमा रहन सफल भएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया