साना ४ वम दलको निर्वाचनप्रति आशंका

Mohan-bikram-shingकाठमाडौं, २४ असार । साना कम्युनिष्ट पार्टीहरुले यथाअवस्थामा निर्वाचन हुनेमा आशंक जनाएका छन् ।
साना चार दलले आज (सोमबार) संयुक्त विज्ञप्ति जारी गरेर कैयौं गलत कानूनी आधार खडा गरी सबै दलहरुबीच आवश्यक सहमति र अन्य तयारी नगरी निर्वाचनको मिति घोषणा गरेको आरोप लगाएका छन् । उनीहरुले सबैको विश्वास जितेर निर्वाचन तोकिएकै समयमा गराउन माग गरेका छन् ।
नेकपा (माले) महासचिव सीपी मैनाली, नेकपा (मसाल) महामन्त्री मोहन विक्रम सिंह, नेकपा (संयुक्त) अध्यक्ष चन्द्रदेव जोशी र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको राजधानीमा बसेको संयुक्त बैठकले यथाअवस्थामा निष्पक्ष निर्वाचन हुन नसक्ने जनाए ।
यद्यपि, बैठकले चलकताका साथ वार्ता गर्ने प्रमुख चार राजनीतिक शक्तिको निर्णयको स्वागत पनि गरेको छ । उनीहरुले विदेशमा रहेका नेपाली नागरिकलाई मतदान गर्ने वातावरण बनाउन सरकारसँग माग गरेका छन् ।
उनीहरुले राजनीतिक उच्चस्तरीय समितिलाई विघठनको माग पनि गरेका छन् ।

प्रतिक्रिया