पाँच बर्षमा मुलुक भरि ८६ स्थानमा बर्डफ्लु

bird flueभक्तपुर, २४ असार । क्षेत्रीय पशु सेवा निर्देशनालयले मुलुक भरि ८६ ठाउँमा बर्डफ्लु देखा परेको जनाएको छ । २०६५ देखि हालसम्म ८६ स्थानमा सो रोग देखा परेको हो ।
निर्देशनालयले सन् २००९ मा पहिलो पटक झापा जिल्लामा बर्डफ्लु फेला परेको थियो ।
बर्डफ्लुका कारण अहिलेसम्म १ लाख ९४ हजार ३ सय ५६ कुखुरा मारिसकिएको निर्देशनालयले जानकारी दिएको छ ।
३ लाख ९८ हजार ८ सय ६० वटा अण्डा र ३५ हजार ६ सय ९४ किलो दाना नष्ट गरिएको निर्देशनालयका निर्देशक दामोदर सेढाईले बताए ।
२००९ यता देशका झापा, चितवत, भक्तपुर, काठमाडौंलगायतका १८ जिल्लामा बर्डफ्लुको संक्रमण देखिसकेको छ । बर्डफ्लुबाट जोगिन मासुलाई राम्रोसंग पकाएर खानुपर्ने सेढाईले बताए ।

प्रतिक्रिया