कोरियामा गुरुङलाई सहयोग भएन

काठमाडौं, २३ असार । दक्षिण कोरियामा रोजगारी गर्दै आएका ओखलढुंगाका रामकाजी गुरुङलगायतका नेपालीलाई कोरियन प्रशासनले दुव्र्यवहार गर्ने गरेको आफन्तले आरोप लगाएका छन् ।
आफन्तले आज (आइतबार) काठमाडौंमा पत्रकार सम्मेलन गरेर गुरुङलाई दुव्र्यवहार हुँदा पनि नेपाली राजदूतावास मौन रहेको आरोप लगाए ।
कम्पनीमा दुर्घटनामा परेका गुरुङको राहदानी बनाउन दूतावास पुगेका बेला राहदानी नवीकरण नगरेको आफन्तको आरोप छ ।

प्रतिक्रिया