जोकोभिच र मर्रे उपाधिका लागि भिड्ने

Bimbaldonलण्डन, २२ असार । शीर्ष वरियताका सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिच र दोस्रो वरियताका ब्रिटिश खेलाडी एण्डी मर्रे वर्षको तेस्रो ग्राण्डस्लाम विम्बल्डन टेनिस प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् ।

सेमिफाइनलमा पोलिस खेलाडी जर्जी यानोविच्लाई हराउँदै मर्रे लगातार दोस्रो पटक विम्बल्डनको फाइनलमा प्रवेश गरेका हुन् । मरे ६–७, ६–४, ६–४ र ६–३ को सेटमा विजयी भए ।

यसअघि भएको खेलमा भने सर्वियन स्टार जोकोभिचले अर्जेन्टाईन खेलाडी हुँवा मार्टिन डेल पोट्रोलाई हराउँदै फाइनलको टिकट पक्का गरे । एजेन्सी

प्रतिक्रिया