पूर्व जासुस एडवर्डले शरण नपाउने

Awor Snodenअमेरिका । अमेरिकी गोप्य दस्तावेज चुहाएको आरोप लागेका एडवर्ड स्नोडेनलाई निकारागुवा र भेनेजुयलाले राजनीतिक शरण दिने प्रस्ताव गरेका छन् । रुसको मस्को विमानस्थलको ट्रान्जिट क्षेत्रमा रहेका स्नोडेनले यसअघि विभिन्न २१ मुलुकसमक्ष राजनीतिक शरण मागेका थिए । तर ती मुलुकले उनको प्रस्ताव अस्वीकार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ।

बोलिभियाले पनि स्नोडेनको शरणको प्रस्ताव स्वीकार्ने संकेत गरेको छ । यस अघि गत बिबीवार बोलिभियाका राष्ट्रपतिलाई लिएर रुसबाट बोलिभिया जादै गरेको विमानमा स्नोडेन चढेको आशंका गरिएपछि अमेरिकी दबावमा अष्ट्रियातर्फ मोड्न बाध्य पारिएको थियो । उक्त विमानलाई विभिन्न युरोपेली मुलकले आफ्नो हवाई मार्ग प्रयोग गर्न दिएका थिएनन् ।

यसअघि अमेरिकाको पूर्व जासुसी कर्मचारी ३० बर्षीय स्नोडेनलाई सपुर्दगी गर्न अमेरिकाले रुससमक्ष माग गरेको थियो । स्नोडेनले सन् २०१० मा अमेरिकाको गोप्य दस्तावेज वाशिङटनस्थित युरोपियन युनियनको कार्यालयलाई उपलब्ध गराएको आरोप अमेरिकाले लगाउँदै आएको छ । अमेरिकाले उनीमाथि अमेरिकी सम्पत्ति चोरी गरेको, राष्ट्रिय सुरक्षासम्बन्धी जानकारी सार्वजनिक गरेको जस्ता आरोप लगाएको छ ।

प्रतिक्रिया