पत्र–पत्रिका बर्गिकरणमा बिभेद : संघ

Madhes Patrakar Shanghकाठमाडौं, २१ असार । मधेसी पत्रकार संघले नेपाल प्रेस काउन्सीलको पत्र–पत्रिका बर्गिकरणमा बिभेद भएको आरोप लगाएको छ ।
संघले आज (बिहीबार) विज्ञप्त जारी गरेर विभेदपूर्ण बर्गिकरण सच्चाउन माग गरेको हो । उसले पत्र–पत्रिका बर्गिकरणमा भेदभावपूर्ण व्यवहार गरिएको भन्ने उजुरी र सूचना आएको जनाएको छ ।
‘पत्र–पत्रिका माथि गरिएको विभेद सच्चाउन संघ जोडदार माग गर्छ,’ संघका अध्यक्ष कुमार विवेकानन्द मिश्रद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘निर्णय नसच्चाए संघ संघर्षमा जान बाध्य हुने छ ।’
काउन्सीलले बिहीबार मुलुक भरिका पत्र–पत्रिका बर्गिकरण गरिएको सूचना जारी गरेको थियो । सो बर्गिकरणप्रति मधेसबाट प्रकाशित हुने पत्र–पत्रिकाका सम्पादक र प्रकाशकहरुले बिभेद गरेको भन्दै असन्तुष्टि जनाएका हुन् ।

प्रतिक्रिया