इजिप्टमा सैनिक कू

Egiptइजिप्ट । इजिप्टमा सेनाले कू गरेको छ । राष्ट्रपति मोहम्मद मुर्सीको सरकार अपदस्थ गर्दै सैनिक जनरल अब्देल फतह अल सीसीले राष्ट्रपतिको अधिकार अब मूख्य न्यायाधीशमा रहने घोषणा गरेका छन् । कू सँगै देशको संविधान निलम्बित गरिएको छ भने मुर्सीलाई पदबाट हटाउँदै सेनाले आफ्नो नियन्त्रणमा राखेको छ ।

देशमा राष्ट्रपतिको अर्को निर्वाचन नहुँदासम्म राष्ट्रपतिको सबै अधिकार अब मूख्य न्यायाधीशमा रहने घोषणा जनरल सीसीले गरेका हुन् । राष्ट्रिय टेलिभिजनमा बोल्दै जनरल सीसीले नयाँ राष्ट्रपतिको निर्वाचन नहुँदासम्म अन्तरिम सरकारको काम पनि मूख्य न्यायाधीशले नै गर्ने बताए । केही समयदेखि चर्केको राजनीतिक संकट समाधान गर्न सेनाले राष्ट्रपति मुर्सीसहित राजनीतिक दलका नेताहरुलाई ४८ घण्टाको समय दिएको थियो ।

प्रतिक्रिया